‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेलहरु हुँदैछन् ।

लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

संकटा तेस्रो जितको योजनामा रहँदा साविक विजेता मछिन्द्र भने दोस्रो जितको योजनामा रहेको छ ।

संकटा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ भने मछिन्द्र ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यसैगरी, एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् ।

हिमालयन दोस्रो जितको योजनामा रहँदा एनआरटी भने पहिलो जितको योजनामा रहेको छ ।