सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाण्डौँ - सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चारजना बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयममा बुधबार बसेको बढुवा समितिको बैठकले  सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरेको हो ।

बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको हो ।