images

मौसमपूर्वानुमान ः यी चार प्रदेशकापहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमाआज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।
जलतथा मौसम विज्ञान विभागकाअनुसार बिहान पहाडी भू–भागमाआंशिकबदली रहेको छ । बाँकी भू–भागमा मौसममुख्यतया सफा रहेको छ ।
विभागले दिउँसो पहाडी भू–भागमाआंशिकबदली रहने जनाएको छ । बाँकी भू–भागमाआंशिकबदलीदेखि मौसममुख्यतया सफा रहनेछ । 
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका पहाडी भू–भागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
विभागकाअनुसार राति देशका पहाडी भू–भागमाआंशिकबदली रहनेछ । बाँकी भू–भागमाआंशिकबदलीदेखि मौसममुख्यतया सफा रहनेछ । 
गण्डकी र सुदूरपश्चिमप्रदेशका पहाडी भू–भागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।देशभर पश्चिमी र स्थानीयवायुको आंशिकप्रभाव रहेको विभागले बताएको छ ।
 

शुक्रबार​ २३ कात्तिक २०८१ ०९:१२ AM मा प्रकाशित

प्रतिक्रिया