images

बाढी पहिरो ः देशभर ७० को मृत्यु, ८६ जना घाइते (विवरण)

काठमाडौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।
विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढी–पहिरोले जनधनको व्यापक क्षति भएको छ।
शुक्रबार रातिदेखि परेको अविरल बर्षाका कारण पाँच जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण हालसम्म ८६ घरमा ठूलो क्षति भएको छ । 
यस्तै वर्षाका कारण ३३५ पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  हालसम्म अविरल बर्षा, पहिरो, चट्याङ तथा बाढी गएको ठाउँमा ४ हजार ७ सय ९० जना प्रहरी परिचालन गरिएका छन् । 
साथै बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा ९ करोड ५६ लाख ७४ हजार २ सय  ५० रूपैयाँ क्षति भएको  प्रहरीले जनाएको छ ।

सोमबार २४ असार २०८१ ०७:२० PM मा प्रकाशित

प्रतिक्रिया