images

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै

काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आजबिहान ११ बजे संसद भवनमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्रीपुष्पकमलदाहालले ‘राष्ट्रिय समावेशीआयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री सुमनाश्रेष्ठले राष्ट्रियसभामा उत्पत्तिभएको ‘शहीददशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयविधेयक, २०८० माथिविचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुतगर्ने कार्यसूची रहेको छ । 
यसैगरि, प्रधानमन्त्रीएवं उद्योग वाणिज्य तथाआपूर्ती मन्त्रीपुष्पकमलदाहालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमापुनर्विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

सोमबार २४ असार २०८१ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया