काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धानआयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाकातत्कालीनअध्यक्ष, उपाध्यक्ष र निमित्तप्रमुखप्रशासकीयअधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पशुपालनकालागिगाउँपालिकाले दिने अनुदान रकममाअनियमितता गरेको आरोपमाआयोगले मुद्दा दायर गरेको हो । आयोगकाअनुसार मुद्दा दायर गरिएकाहरूमातत्कालीनअध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्तप्रमुखप्रशासकीयअधिकृत रुद्रबहादुर शाही रहेका छन् ।
अध्यक्ष रोकाया २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपामाओवादी केन्द्रबाट निर्वाचितभएकाहुन् भने उपाध्यक्षधामीएमालेबाट निर्वाचितभएकाथिए तर हालउनीनकपाएकीकृत समाजवादीबाट हुम्ला पार्टी अध्यक्ष रहेका छन् ।
त्यस्तै, मुद्दा दर्ता गरिएकाकर्मचारीहरूमागाउँपालिकाकाइन्जिनियर रामराजशाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजनानिर्माण उपभोक्ता समितिकाअध्यक्ष हंस रोकाया, सचिवतुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया रहेका छन् ।
गाउँपालिकाकाअध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालननामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकमविनियोजन गरी भुक्तानीदिएको आयोगले जनाएको छ ।
आयोगकाप्रवक्ता नरहरि घिमिरेले मुद्दा दायर गरिएका नौ जनालाई जनही १९ लाख ५० हजार रुपौयाँबिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको जानकारी दिए ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धानआयोगले मुगुको भेटेरिनरी अस्पताल तथापशु सेवा विज्ञ केन्द्र प्रमुखभीमचन्द्र बुढासहित ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आइतबार पशु वधशालानिर्माणमा अनियमितता गरेको आरोपमापशु अस्पताल तथापशुसेवाकार्यालय मुगुकाकार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको हो ।
आयोगकाप्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यालयले आर्थिक बर्ष २०७५।०७६ को पशु वधशालानिर्माणमा अनियमितता गरेको तथा सोहीआर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनीकागजातमिलाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
भेडा खरिद तथागोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौताभई गोठ निर्माण कार्यमा फिल्डमा नभएको कामलाई भएको भनीभुक्तानीदिइएको आरोप पत्रमाउल्लेख छ ।
नक्कलीबिल भरपाई बनाएर बढी भुक्तानीदिएको आरोप उनीमाथि छ । आयोगले प्रमुख बुढाविरुद्ध २० लाख७० हजार ४४९ रुपैयाँबिगो कायम गरेको छ । यस्तै, छाँयानाथ रारा नगरपालिकामुगुकातत्कालीनइन्जिनियर हरिदेव पंडित र सव–इन्जिनियर विष्णुभक्त हितानलाई विरुद्ध १६ लाख७० हजार ६२८ रुपैयाँबिगो कायम गरिएको छ ।
यस्तै, ऋणीमोक्ष सहकारीका सञ्चालक सुरबहादुर बुढा विरुद्ध ३ लाख ९९ हजार ८२१ रुपैयाँबिगो कायम गरिएको छ । कर्णालीएकीकृत महिलाविकास मञ्चकी सञ्चालक राधिका मल्लविरुद्ध आयोगले १२ लाख २३ हजार ७ सय रुपैयाँबिगो कायम गरेर मुद्दा दायर गरेको छ ।
त्यसैगरी रावत मासु पसलका सञ्चालकतिलकबहादुर रावतविरुद्ध पनि मुद्दा दायर गरिएको छ । मासु पसलभवननिर्माण कार्यमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी कामभएको भन्दै भुक्तानीलिएको आयोगको दाबी छ ।
साथै नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी सरकारी सेवामा आवद्ध रहेको अरोपमामधेस प्रदेशको प्रादेशिकआयुर्वेद तथा वैकल्पिकचिकित्सालय, महोत्तरी (जलेश्वर)मा आठौं तहमाकार्यरत चिकित्सक संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानआयोगले साहविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जलेश्वरमा आठौं तहको होमियोप्याथीचिकित्सकतर्फ करारमा कार्यरत साहले सेवाप्रवेश गर्दा पेश गरेका योग्यताका प्रमाणपत्रमध्ये बिहार संस्कृत शिक्षाबोर्डद्वारा संचालितमध्यमा परीक्षाप्रथमश्रेणीमा उत्तीर्ण शैक्षिक प्रमाणपत्र झुठा देखिएपछि प्रतिवादीविरूद्ध मुद्दा दायर गरिएको बताए।
प्रतिक्रिया