images

रुम्जाटारबाट ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौं । ओखलढुङ्गाको रुम्जाटारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु भएको छ । सेभेन सिजसिनेमाको प्रस्तुतिमाबन्नलागेको फिल्मको छायांकन रुम्जाटारबाट सुरु भएको हो । फिल्मको ओपनिङ दृश्य गायकतथाकलाकार प्रकाश सपूत र बालकलाकार जान्भीपौडेल दिएकाथिए ।
फिल्ममाविजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्तखनाललगायतकाकलाकारहरुको अभिनय छ । फिल्ममाबालकलाकारको रुपमाजान्भीपौडेल र स्वयम् केसीको अभिनय छ ।
गन्धर्व परिवारको कथाबोल्ने सोसियल ड्राममा फिल्ममा सरोज पौडेलको लेखन तथानिर्देशन छ । फिल्मअन्तर्राष्ट्रिय रुपमाफिल्मवितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
विनोदपौडेल र प्याट्रिक सुवेदीनिर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्तसिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहनेछ । फिल्मकाकार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । फिल्म२०८२ मा दर्शकमाझआउने निर्माण पक्षले जनाएको छ ।

शनिबार २५ जेठ २०८१ ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया