images

तेश्रोलिंगी यौन श्रमिकहरुले भोग्दै आइरहेका समस्याबारे चर्चा

काठमाडौं । यौनिकतथा लैंगिकअल्पसंख्यक समुदायका तेश्रोलिंगी यौन श्रमिकहरुले भोग्दै आइरहेको चुनौतीकाविषयमा काठमाडौंमा चर्चा गरिएको छ ।
सरोकारवालाहरुले यौनकर्मी अधिकारका विषयमाकानुनी समस्या रहेको औंल्याए । स्थानीयपहलकालागिमितिनी नेपाल कोषमार्फत मितिनी नेपालको सहयोगमा ‘मायाको संसार’ ले आयोजना गरेको कार्यक्रममा यौन श्रमिकहरुकाविषयमाखुलेल बहस गर्नुपर्ने अवस्थाआएको वक्ताहरुले धारणा राखे ।
‘यौनश्रमिककाबारेमा कानुनले स्पष्ट ब्याख्या गरेको छैन । नेपालमा यौन व्यवसायबारे कानुनी मौनतातथा सर्वोच्चको आदेश समेत हेर्दा यौन व्यवसायकानुनी रुपमा पेशाभनेर नै बुझिन्छ । कानूनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय बैधानिक रहेको भन्ने देखिन्छ,’ समुदायमाथिवकालतगर्दै आएकाअधिवक्ता सुजन पन्तले भने ।
मुलुकी ऐन २०२० मा जीउमाँस्ने बेच्नेको महलअन्तर्गत जबर्जस्ती यौन व्यवसायमालगाउन र बेचबिखन गर्न रोक लागेको तथा २०४३ को मानव बेचबिखन ऐनले पनि वेश्यावृत्तिबारे उल्लेख नगरेको र महिलालाई वेश्यावृत्ति गर्ने उद्देश्यले बेचबिखन गरेमा भन्ने सोहि आशयको व्यवस्था समेत हेर्दा स्वतःस्फुर्त यौनव्यवसायमालाग्ने कार्य कानुनत अपराधनभएको बुझ्न सकिने उनको धारणा छ ।
सुदिपकुमार थिङले यौनिकतथा लैंगिकअल्पसंख्यक समुदायका तेश्रोलिंगी यौन श्रमिकहरुले प्रशासनको ज्यादतीभोग्दै आइरहेकाले कानूनी रुपमा स्पष्ट हुनुपर्ने बताए ।
मायाको संसारकीअध्यक्ष सुनितालामाले यौनकर्मीहरुको अधिकार स्थापित गर्न, व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न, यौनकर्मीहरुले पेसा बदल्नुपरे राज्यले रोजगारी ग्यारेन्टी गर्नुपर्नेमा जोड दिइन । लामाको वास्तविकजीवनभोगाई समेटिएको वृत्तचित्र ‘नदेखिएको नेपाल’प्रशारण गरिएको थियो ।
कार्यक्रममामहिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयकानिर्देशक रामहरि गैरे, मितिनी नेपालकीकार्यक्रमअधिकृत बिमला गुरुङ, दृष्टि नेपालकी परिना लिम्बु लगायतले समुदायका मुद्दाहरुका विषयमाधारणा राखे ।
कार्यक्रममामहिला यौन श्रमिकतथा तेश्रोलिंगी यौन श्रमिकहरुको विषय, मन्त्रालयले गरेका नीतिगतप्रयासहरु, विद्यमानकानुनीबाधा, समुदायको राजनीतिक सहभागिताको विषय छलफल भएको थियो । अध्यक्षलामाले जुनमहिनालाई ‘प्राइड मन्थ’ रुपमामनाइरहेकाले सबैमा शुभकामनाव्यक्त गरिन ।
 

शनिबार २५ जेठ २०८१ ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया