आजको मौसम : देशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ - हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहने छ । कर्णाली प्रदेशको पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।