‘ए’ डिभिजन लिग : सातदोबाटोको लगातार दोस्रो जित

काठमाडौँ - शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित निकालेको छ । च्यासल रंगशालामा बुधबार भएको खेलमा सातदोबाटोले एपीएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

सातदोबाटोको लागि विलियमको गोल नै निर्णायक बन्यो। खेलको ५५औँ मिनेटमा विलियमले गोल गर्न सफल भए। यससँगै सातदोबाटोले थप ३ अंक जोडेको छ। यसअघि, सातदोबाटोले न्युरोड टिम एनआरटीलाई पराजित गरेको थियो ।