काठमाण्डौँ - चर्चित सुन तस्करी प्रकरणमा आज सोमवारदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गर्ने भएको छ ।
पक्राउ परेका १७ जना आरोपीलाई आइतवार साँझ राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्याइएको छ ।
राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानका मिसिल र आरोपीहरूलाई पनि आइतवार साँझ सीआईबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।