निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन गृहको निर्देशन

काठमाडौं - पठाओ जस्ता भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। बुधवार गृह मन्त्रालयले एक परिपत्र गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही दिन अगाडि गरेको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाही गर्न परिपत्र जारी गरेको हो।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुर्‍याउने गरी निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो। त्यही पत्र अनुसार गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो परिपत्र जारी गरिएको गृहले जनाएको छ।

महासंघका अध्यक्ष विजयले ऐनमा भएको कुरा विपरित निजी प्रयोजनका लागि लिएको सवारीले मानिस बोक्न थालेको र ऐनमा भनिए अनुसार निजी सवारीसाधानहरुले भाडा लिएर यात्रु बोक्न नमिल्ने व्यवस्था रहेता पनि  सर्वसाधारणलाई भने राइड शेयरिङले निकै सहज भएको बताएका छन् । मोटरसाइकल, कार, भ्यानलगायतका निजी सवारी साधनहरुले यात्रु बोक्दा सार्वजनिक यातायातका साधन तथा ट्याक्सीहरु मारमा परेकाले अब भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी साधन कारबाहीमा पर्नेछन्।