घरमा आगलागी हुँदा गुल्मीमा एक वृद्धको मृत्यु 

 काठमाण्डौँ - गुल्मीको मदानेमा बिहीबार राति एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर ज्यान गएको छ । घरमा आगो लागेपछि मदाने गाउँपालिका– ६ पुर्कोट देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए ।

राति करिब १० बजे एक्कासि घरमा आगो लागेपछि कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । मृतक जिसी घरमा एक्लै बस्दै आएको प्रहरी निरीक्षक घिमिरेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।