images

शेखहसिनाबाजेद राजनीतिमानफर्किने संकेत 

एजेन्सी । विद्यार्थी नेतृत्वको आन्दोलनका कारण देश छाडेकीबंगलादेशकीप्रधानमन्त्री शेख हसिनाबाजेद राजनीतिमानफर्किने संकेत देखिएको छ । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकीहसिना २० वर्ष लामो सत्ता यात्रापछि अब देशको राजनीतिमानफर्किने निष्कर्षमा पुगेको उनका सहयोगीहरुले बताएका छन् । राजनीतिक सल्लाहकारको भूमिकामा रहेका हसिनाका छोरा सजीबअहमदवाजेद जोयले परिवारको आग्रहमाहसिनाले आफ्नो सुरक्षाकालागि देश छोडेको बताउँदै राजनीतिमापनिनआउने संकेत गरेका छन् । बीबीसीन्यूजआवरसँगको कुराकानीमाउनले भने,‘आफूले कडा परिश्रम गरेको भएपनिअल्पमत विरुद्धमा उठेको देखेर हसिनादुःखित हुनुहुन्छ ।’ बंगलादेशको कापलट गर्न आफूहरुले धेरै खेपेको उल्लेख गर्दै उनले अब राजनीतिकफर्किने संभावनाकमजोर बनेको उल्लेख गरेका छन् । दक्षिण एसियाली देशको आर्थिक प्रगतिको रेखदेख गर्ने श्रेय पाएकीहसिनाले प्रजातन्त्रको प्रतीकका रुपमाआफ्नो राजनीतिकजीवन सुरु गरेकीथिइन । लोकतन्त्रको हिमायतीमानिएकीउनलाई पछिल्लो समय निरंकुशलोकतन्त्रवादीभन्ने गरिन्थ्यो । राजधानी ढाकामा रहेको सरकारी निवासमाहजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकोप्टरमार्फत भारततर्फ भागेकीथिइन् । बंगलादेशको सबैभन्दालामो समय शासन गर्ने प्रधानमन्त्रीको शासनकालको अप्रत्याशितअन्त्यभएको छ ।बंगलादेशमा सेनाले सत्ताहातमालिइसकेको छ । 
 

मङ्गलबार २२ साउन २०८१ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया