आजको मौसम : तीन वटा प्रदेशमा आज चट्याङसहित पानी पर्ने सम्भावना

काठमाण्डौँ - बागमतीसहित तीन वटा प्रदेशमा आज चट्याङसहित पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा केहीबेर हल्का वर्षा हुन सक्छ । 

सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका बाँकी भूभागको मौसम सफा नै रहने छ । 

राति साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म कोशी, गण्डकी र सदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पानी चट्याङसहित हल्का पानी पर्ने पूर्वानुमान छ । ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम समान्यतया सफा रहने छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।