एसईई अपडेट : मोरङबाट मात्र २ सय बढी नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डौँ - मोरङको विभिन्न तीन परिक्षा केन्द्रबाट दुई दिनको अवधिमा २ सय भन्दा बढि एसईई दिईरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षर्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, केराबारी गाउँपालिका ७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट १२७ जना र सुन्दरहरैचा नगरपालिका १ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार ग्रामथानकै सरस्वती माविमा विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उपमहानगरपालिका वडा नं ५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेकी थिइन् । लिम्बू पक्राउ परेपछि प्रहरीले थप दुई सय जनालाई पक्राउ गरेको हो ।