‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछन् ।

च्यासल मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

आर्मी र थ्री स्टार दुवै तेस्रो जितको योजनामा हुनेछन् । आर्मी ८ अंक जोडेर सातौं स्थानमा रहेको छ भने थ्री स्टार ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यसैगरी, एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच दिउँसो २ बजे नै प्रतिस्पर्धा हुनेछ ।