images

सूदुरपश्चिमभर्जिन क्षेत्र हो तर पछि पर्योःमन्त्री पाण्डे 

काठमाडौं । संस्कृति पर्यटन तथानागरिक उड्डयनमन्त्रीबद्री पाण्डेले सुदूरपश्चिमप्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमाभर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममामन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताए । उनले भने, ‘सुदूरपश्चिमपर्यटकीय रूपमाभर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ ।मानवविकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदुपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छ ।’मन्त्रीपाण्डेले नेपालमापाँचसयभन्दा बढी पर्व र १३१ वटा भाषाभएको उल्लेख गरे । उनले भाषा सभ्यता,संस्कृति,भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुकधनीभएको बताए । संस्कृति र पर्यटनलाई चलायनमानबनाउने र त्यसलाई सुनिश्चितबनाउनकालागिनागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सकेमा देशमाआर्थिक वृद्धि हुने उल्लेख गरे । उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताए । 
 

बिहीबार २० भदौ २०८१ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया