images

केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा ःलुम्बिनी सरकारबाट बाहिरियो एमाले 

काठमाडौं । केन्द्रमा संसदका दुई ठुला दल नेपालीकांगैस र नेकपाएमालले सत्ता सहकार्य गर्ने सहमति गरेसँगै केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा पर्न गएको छ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका पाँच जना मन्त्रीले बिहीबार संयुक्त राजीनामा बुझाएका छन् । 
एमालेले मुख्य मन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेश सभाका सभामुखतुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाएका हुन् 
लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमाले सहितका ५ दल र एक स्वतन्त्रप्रदेशसभा सदस्य गरी ४८ जनाको समर्थनमामाओवादी केन्द्रकाजोख बहादुर महरा मुख्यमन्त्री बनेका थिए । 
लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्य सहित आन्तरिक मामिलातथा कानुन मन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथाखानेपानीमन्त्रीमाभूमिश्वर ढकाल, सामाजिकविकासमन्त्रीमा रत्नखत्री र वनतथावातावरण मन्त्रीमाअर्जुनकुमार केसी रहेका थिए ।
गत चैत २३ गते माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्रीमानियुक्तभएकाथिए । उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपाएकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो । 
जसपा टुक्रिएपछि जसपा नेपालतर्फ लागेकी अम्बिका काफ्लेले असार ९ गते नै समर्थन फिर्ता लिएकी छन् । एमालेका २९ जनाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका छन् ।

 

शुक्रबार​ २१ असार २०८१ ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया