images

नेपालमा खुला शिक्षालाई प्राथमिकतामा राख्न सुझाव

अष्ट्रेलिया । जय नेपालअन्तर्राष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले आयोजना गरेको वेबिनारलाई सम्बोधनगर्दै नेपालतथाप्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्वसुलभ तथा गुणस्तरीय उच्चशिक्षाको विस्तारका लागिखुलाशिक्षालाई बढावा दिनुपर्ने जनाएका छन्।
नेपालखुलाविश्वविद्यालय (ओपन युनिभर्सिटी)कीउपकुलपति प्रा।शिलु मानन्धरले उच्चशिक्षामापहुँचनपुगेका जनसमूदायलाई शिक्षामापहुँच पुर्याउनकालागिखुलाशिक्षाको अवधारणा आएको बताइन। पहिलापनि यो पद्धति रहेपनि कोभिड १९ को लकडाउनपछि यसको महत्व बढेको उनले बताइन् ।
तर अहिले पनिखुला विश्वविद्यालयबाट उत्तिर्ण भएकाविद्यार्थीहरुले मान्यतापाउन ढिला हुँदा केही अप्ठेरो परेको उनले बताइन् । विगतमाकेहीविषयहरुमाअध्ययनगर्दा उनीहरुले  रोजगारीकालागिनिवेदनदिनपाएकाथिएनन् । यसैगरी खुला विश्वविद्यालयबाट पासआउट भएकाविद्यार्थीहरुले थपउच्चशिक्षाकालागि अघि बढ्न खोज्दाअन्य संस्थाहरुले रोक लगाउँदा केही अप्ठेरो परेको पनिमानन्धरले बताइन् । उनले खुलाविश्वविद्यालय जय नेपाल फाउन्डेशनलगायतप्रवासमा रहेका नेपाली प्राज्ञहरुसंग सहकार्य गर्न इच्छुक रहेको पनिबताइन् ।
अष्ट्रेलियाको सदर्न क्विन्सल्याण्ड विश्वविद्यालयअन्तर्गत स्कुलअफ सर्भेइंग एण्ड बिल्ट अनभायरनमन्टका प्राध्यापक डा।देवराजपौड्यालले अष्ट्रेलियाकाविभिन्नविश्वविद्यालयहरु मिलेर झन्डै १,१०० भन्दा बढी डिग्री कार्यक्रमहरु खुलातथा दूर शिक्षामार्फत संचालन भै रहेको उनले बताए।
आफ्नो विश्वविद्यालयमाअहिले झन्डै ४५० जनानेपालीविद्यार्थीहरु पढी रहेको पनिउनले जानकारी दिए। न्यू कोलम्बो प्लानअन्तर्गत आफ्नो विश्वविद्यालयकाविद्यार्थीहरुलाई स्थलगतअध्ययनकालागि नेपाल लगेर जाने गरेको उनले बताए।  प्राध्यापकहरुले कक्षामा पढेको भन्दा बढी विद्यार्थीहरुले ‘कृत्रिम बुद्धिमत्ता’ –एआइ)बाट सिकी रहेको उनले जनाए।
नेपालीकांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले सरकारले शिक्षाको क्षेत्रमाअझैं धेरै काम गर्नुपर्नेमा जोड दिएका छन् । नेताकोइरालाले हरेक दिन नेपालको उच्चशिक्षाको गुणस्तरमा ह्रास आइरहेको पनि टिप्पणी गरे । नेपालको सन्दर्भमा खुलाशिक्षाअत्यन्तउपयोगी रहेको बताउंदै नेपालको उच्चशिक्षालाई कसरी सुधार्ने भन्नेबारे विज्ञहरुको सुझावलिएर सरकारले तत्कालपहलथाल्नुपर्नेमा जोड पनिदिए ।
अष्ट्रेलियास्थित नेपालीदूतावासकाउपनियोग प्रमुखकुलबहादुर मगरले नेपालबाट उच्चशिक्षाकालागिविदेश जाने विद्यार्थीहरुको माध्यमबाट अर्बौ रकमगइरहेकाले नेपालकाविश्वविद्यालयहरुको भविष्यकालागिपनि सरकारले सोँच्नु पर्नेमा जोड दिए ।
अहिले पनि स्वदेश र विदेशको शिक्षाकोबीचमा खाडल रहेको बताउँदै हुने खाने र हुँदाखाने वर्ग भनेर शिक्षामाभिन्नता देखिनु देशकै लागिदुःखद् भएको बताए ।  सरस्वतीक्याम्पस, काठमाडौंका  सह प्राध्यापकडा बिष्णु पोखरेल, अमेरिकामाबसोबास गर्ने शहरी योजनाविद  प्राडा अम्बिका प्रसाद अधिकारी, डा.प्रमोद ढकाल, डा.हिमलाल घिमिरे, डा द्रोण रसाइलीलगायतले आफ्ना धारणा राखेका थिए ।
वेबिनारमा भौगोलिक रुपले विकट नेपालको पहाडी इलाकातथा तराईको पिछडिएका क्षेत्रमा दूर शिक्षाको पहुँचकसरी विस्तार गर्ने, अष्ट्रेलियालगायत संसारभरिका विश्वविद्यालयहरुसंग विद्यार्थी तथा फ्याकल्टी आदानप्रदानलगायत कसरी सहकार्य प्रवद्र्धन गर्ने र दूर शिक्षालाई कसरी कमलागतमादीगो बनाउने लगायतकाविषयमा छलफल गरिएको थियो ।
जय नेपाल इन्टरनेशनल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरका सचिवअभिमन्यु केसीले संचालन  र डा.राजु अधिकारीले सहजीकरण गरेको कार्यक्रममा अष्ट्रेलिया च्याप्टनरका अध्यक्ष डा।डिल्ली बन्जाडेले स्वागत गरेका थिएभने जय नेपाल इन्टरनेशल फाउन्डेसनकाअध्यक्ष डा।यादव पण्डितले सबैलाई धन्यवाददिए ।
 

शुक्रबार​ २१ असार २०८१ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया