काठमाण्डौँ - सरकारले भारतबाट १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी ल्याउने भएको छ ।
भारतले चामलको निर्यातमा कर लगाएको कारण नेपालमा चामलको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिलाई रोक्न सरकारले धान, चिनी र चामल भारतबाट ल्याउन लागेको हो ।
भारतले गत वर्ष भदौ अन्तिमदेखि कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। बासमती र उसिनाबाहेकका अरू चामल र धान निर्यातमा भने २० प्रतिशत कर लगाएको थियो ।