काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमानमहाशाखाले जनाकारी दिएको छ । यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाहल्का वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ । आज रातिदेशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ । साथै कोशी, मधेस र लुम्बिनीप्रदेशका तराईका केही स्थानहरूमाहावा हुरीको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नआवश्यक सतर्कताअपनाउनमहाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया