images

घट्यो डलर, पाउण्ड, युरो र रियालको भाउ 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा झरेको छ । सोमबारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो । 
यस्तै, मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७पैसा रहेको छ।सोमबारको तुलनामा आज युरोको मूल्य घटेको छ । सोमबार युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको थियो ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा भरेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

मङ्गलबार २१ जेठ २०८१ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया