नक्कली शरणार्थी प्रकरण : एमाले सचिव रायमाझीका छोरा सन्दीप पक्राउ

काठमाण्डौँ - नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा रायमाझी पक्राउ परेका हुन् । बुटवलबाट पक्राउ गरेको पुष्टि गर्दै प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले उनलाई बिहीबार काठमाडौं ल्याइने बताए ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुटलबाट भैरहवा लगेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले रायमाझीलाई जहाजबाट बिहीबार काठमाडौं पठाइने बताएका छन् ।
पूर्वमन्त्री टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको थियो । उनीहरुले करोडौं ठगी गरेको आरोप छ ।