images

बागमतीसहित केही प्रदेशमा हल्का वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मूख्यतया सफा रहनेछ । देशका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमस्तर सम्मको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो भने देशभर साधारणतया बदली रहने र कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै, बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

आइतबार​ २१ माघ २०८० ०८:२१ AM मा प्रकाशित

प्रतिक्रिया