एमालेका पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र दुर्घटनामा जान्छ : महामन्त्री थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र दुर्घटनामा पर्ने बताएका छन्।

बारामा नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले एमालेका नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानको परिकल्पना विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको बताए।

उनले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको आरोप समेत लगाए । त्यसलाई विफल पार्न कांग्रेस उभिएको उनको भनाइ छ।

महामन्त्री थापाले पार्टी भित्र र बाहिर कांग्रेस एकपटक सरकारमा नजाँदैमा सबै बर्बाद भयो, पार्टी नै सक्कियो भन्ने धारणा बनाइँएको भन्दै त्यो गलत भएको जिकिर समेत गरे।