काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाकाअनुसार,अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र लुम्बिनीप्रदेशका केही स्थानतथाबाँकीप्रदेशकाथोरै स्थानमाहल्कादेखि मध्यम वर्षा भइरहेको छ । आजदिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका केही स्थानतथामधेश र कर्णालीप्रदेशकाथोरै स्थानमा मेघ गर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज रातिदेशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानतथाबाँकीप्रदेशकाथोरै स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तीक्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नमहाशाखाले सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया