images

कांग्रेसभित्र सुदूरपश्चिमको मुख्यमन्त्रीबन्न चार नेताबीचहानथाप

धनगढी । सुदूरपश्चिमप्रदेशकाप्रदेश प्रमुखनजिर मियाँले नयाँ सरकार गठनका लागिआह्वान गरेका छन् । नेकपाएकीकृत समाजवादीबाट मुख्यमन्त्रीबनेका दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागिशुक्रबार नै आह्वान गरेका हुन् । प्रदेशप्रमुखको कार्यालयकाप्रवक्ता दीर्घराजभट्टकाअनुसारप्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२)बमोजिमनयाँ सरकार गठनका लागिआह्वान गरेकाहुन् । राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० औँ दिनमाशुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधनगर्दै राजीनामा घोषणा गरेका थिए । लगत्तै सोडारीले प्रदेश प्रमुखनजिर मियाँलाई भेटेर राजीनामापत्रबुझाएकाथिए। कांग्रेस र एमालेबीचभएको भागबण्डाअनुसार सुदूरपश्चिम सरकारको नेतृत्वकांग्रेसले गर्ने भएको छ । कांग्रेसमामुख्यमन्त्रीकालागिपूर्व मुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह, प्रदेश सभा सदस्यबहादुरसिंह थापा, दिवानसिंह बिष्ट र पार्टी सभापति शेरबहादुर देउवाकाभतिजाप्रकाशबहादुर देउवाले दाबी गरिरहेका छन् । मुख्यमन्त्रीका चारै जनाआकांक्षीसँग छुट्टछुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन् । देउवाले दिने निर्देशनअनुसार अघि बढ्ने प्रदेश संसदीयदलले जनाएको छ ।
 

शनिबार १९ साउन २०८१ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया