काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबरका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार, आजअमेरिकी डलर, युरो र कतारी रियालको विदेशीविनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर घटेको छ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ। त्यसैगरी, युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा पुगेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया