images

नेपालमापहिलोपटक एआईको प्रयोग सम्बन्धीअवधारणापत्र तयार

काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथाअभ्यास सम्बन्धीअवधारणापत्र तयार गरेको छ ।
विश्वब्यापी रुपमाएआईको विकास र प्रयोग बढ्दै गएपनि नेपालमा यससम्बन्धीकुनै नीति र कानुननभएकाले यस सम्बन्धीआवश्यकनीति र कानुननिर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्रालयले गठन गरेको प्राविधिक समितिले झण्डै पाँचमहिनालामो अध्ययनपछि अवधारणापत्र तयार गरेको हो । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माको निर्देशानुसार मन्त्रालयले सहसचिवअनिलकुमार दत्तको संयोजकमापाँच सदस्यीयप्राविधिक समिति गठन गरेको थियो ।
समितिका सदस्यहरमा मन्त्रालयकाउपसचिव नारायण तिमिल्सिना, सूचनाप्रविधिविभागका सूचनाप्रविधिनिर्देशकपवित्र डंगोल, इन्जिनियरिङ अध्ययन संस्थानकाउपप्राध्यापक डा.बाबुराम दवाडी र सदस्यसचिवमामन्त्रालयका कम्प्युटर इञ्जिनियर सूर्यप्रकाशउपाध्याय रहेका थिए ।
गत माघ ५ गते गठित समितिले अवधारणापत्र सम्बन्धीप्रतिवेशनतयार पारेर मन्त्रालयमा पेश गरेको छ । प्रतिवेदनले एआईको विकास, प्रयोग र नियमनकालागि सरकारले आवश्यकनीति, कानुन र कार्यविधिबनाउनुपर्ने सुझावदिएको छ ।
साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताकाविषयलाई नीतिगततहमा सम्बोधन गर्नुपर्ने आवश्यकताऔल्याउँदै प्रतिवेदनले एआईसम्बन्धी राष्ट्रिय नीतिको तर्जुमा, राष्ट्रिय रणनीतिको निर्माण, कानुनीआधारसहित डाटा सुरक्षण रुपरेखा, एआईको प्रयोग र प्रयोगकर्ताको गोपनीयतातथा सुरक्षण समेटिएका नीति र कानुनहरुको अन्तर्राष्ट्रिय मापदण्डसँग अनुकूलनहुने गरी मानकनिर्धारण गर्नुपर्ने सुझावदिएको छ ।
 

बुधबार १९ असार २०८१ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया