images

अवैधलागुऔषध सहितदुई भारतीयपक्राउ

रौतहट । सशस्त्रप्रहरी बल रौतहटले अवैध लागुऔषध सहितदुई  भारतीयलाई  पक्राउ गरेको छ । 
गौर चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचकाक्रममा सशस्त्रप्रहरीले पक्राउ गरेको हो ।
भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षिय रौशनकुमार र १८ वर्षिय अमितकुमारलाई प्रहरीले पक्राउ गरेको छ  ।
रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवास्थामा बरामद गरेको हो । 
ना.१.ज.७१०९ नम्बरको गाडिलाई विशेष सुचनाको आधारमा चेकजाँचगर्दा सिटमुनी झोलामालुकाएर राखेको अवास्थामा बरामद गरिएको सशस्त्रप्रहरी बल नेपालनम्वर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्रप्रहरी उपरिक्षक बिक्रमहुमागाईले जानकारी दिए ।
उनीहरुको साथबाट लगभग ६ सय थानलागुऔषध फेनारगन र आइपिपिएलइन्जेक्सन सशस्त्रप्रहरीले बरामद गरेको छ । सशस्त्रप्रहरी उपरिक्षक  हुमागाईका अनुसार पक्राउ
परेकादुवै युवकबाट आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान बरामदभएको हो।पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहितआवश्यक कारवाहीकालागीजिल्लाप्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्रप्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।
 

बुधबार १९ असार २०८१ ०६:४३ PM मा प्रकाशित

प्रतिक्रिया