images

कांग्रेसका १० भ्रातृ संगठनले चैत मसान्तसम्ममहाधिवेशन गरिसक्नुपर्ने

काठमाडौं । नेपालीकांग्रेसले १० वटा भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गर्न म्यादथप गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीयकार्यसम्पादन बैठकले म्यादथपको निर्णय गरेको हो । 
बैठकले भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन फरक भ्रातृ संघका लागिअधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्नेसमेत निर्णय गरेको छ ।
नेविसंघसहित तरुण दल, महिला संघ, किसानमहासंघ, दलित संघ, लोकतान्त्रिक खेलकुद संघ, प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिकअपांग संघ र थारु संघको महाधिवेशन सम्पन्न गर्न म्यादथप गरिएको हो । 
भ्रातृ संघहरुको म्यादअसार १५ गते सकिएको थियो । बैठकले आगामी चैत मसान्तसम्मअनिवार्य रुपमामहाधिवेशन गर्न समेत निर्देशनदिएको छ ।
बैठकपछि पार्टी मुख्यसचिब कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ महाधिवेशन सम्पन्ननगरेका नेपालीकांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन फरक भ्रातृ संघका लागिअधिकार सम्पन्न फरक—फरक निर्देशक समिति गठन गर्ने– नेपालविद्यार्थी संघ, नेपाल तरुण दल, नेपालमहिला संघ, नेपालकिसानमहासंघ, नेपालदलित संघ, नेपाललोकतान्त्रिक खेलकुद संघ, नेपालप्रजातन्त्र सेनानी संघ, नेपालभूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिकअपाङ्ग संघ र नेपालथारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्मअनिवार्य रुपमाभ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी दिइएको कार्यादेशः संघका तदर्थ कार्यसमितिहरूको समयावधीलगायतकाविषयमाअसार १७, २०८१ मा गरिएको निर्णयलाई यो बैठक पारित गर्दछ ।’
 

बुधबार १९ असार २०८१ ०७:०४ PM मा प्रकाशित

प्रतिक्रिया