गायक हेमन्त कान्छा रसाइलीले ल्याए नयाँ गीत ‘चिमखोले डोको’ (भिडियोसहित)

काठमाडौँ - गायक हेमन्त कान्छा रसाइलीले ‘चिमखोले डोको’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।

सारङ्गी बादकसमेत रेहका उनले आफ्नै युट्युव च्यानल हेमन्त कान्छा रसाइलीबाट गीत सार्वजनिक गरेका हुन् ।

टिपिकल सालैजोमा आधारित गीतमा हेमन्तलाई अमृता नेपालीले साथ दिएकी छन् । सो गीतमा राजकुमार बगरको शब्द रहेको छ भने हेमन्त कान्छाकै संगीत छ ।

मौलिक शब्दहरु संकलन गरि रचिएको गीतमा माया प्रेमलाई र जीवनको परिवेश समेटिएको छ । सो गीतको म्युजिक भिडियोलाई हेमन्त कान्छा आँफैले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा सरिस्मा मगर, विजय पुन, हेमन्त कान्छा रसाइली र अस्मिता रन्पालकाे अभिनय देख्न सकिन्छ ।