बेराेजगारि हुनुहुन्छ ? नेपाली सेनामा खुल्यो रोजगारी, कुन पदमा कति ?

काठमाडौं - नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ । मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि आवेदन खुलेको छ । जसमा सबैभन्दा धेरै बन्दोबस्त कार्य सिपाहीमा खुला र आरक्षणतर्फ गरी २३ जनाको माग भएको छ ।

महोत्तरीबाट ५२ जनाका लागि भर्ना खुलेको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको मागभएको छ । सफाइकर्मीमा ८ जनाको माग गरिएको छ । हेटौंडाबाट समेत ५२ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । पोखराबाट ५४ जनाको माग भएको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ ।