नागढुंगा मुग्लिन सडक विस्तार : २ खण्डको काम सुरु

चितवन - राजधानी काठमाडौं छिर्ने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको मुग्लिन नागढुंगा सडकखण्ड विस्तारको काम सुरु भएको छ ।

९५ किलोमिटर सडकखण्डलाई तीन वटा प्याकेज बनाएर विस्तारको काम अगाडि बढेको छ । नागढुंगा सुरूङ्ग मार्गदेखि नौबिसेसम्मको १२ किलोमिटर सडकलाई पहिलो खण्ड बनाएर विस्तारको काम भईरहेकाेे छ भने दाेस्राे खणडमा पनि काम हुने जनाईएकाे छ ।