इटहरी ।युवाउद्यमीहरुको साझा संस्था नेपालउद्योग परिसंघ युवाउद्यमीमञ्च कोशीप्रदेश र नयन एड्भरटाईजिङ् प्रालिबीच सहकार्यको लागि सम्झौताभएको छ ।मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको कार्यालयमा सम्झौताभएको हो ।रोजगारीको अभावमायुवाहरू देश छाड्न बाध्यभएको अवस्थामा यो सम्झौताले भने युवाहरूलाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । सक्रिययुवाउद्यमीलाई सञ्चारमाध्यममार्फत प्रोत्साहन र हौसलाप्रदान गर्ने नेपालउद्योग परिसंघ युवाउद्यमीमञ्च कोशीप्रदेशकाअध्यक्षमुनम रिजालले बताए ।‘देशमा रोजगारी बढाउन, आर्थिक विकासकालागियुवाउद्यमीलाई प्रोत्साहन गर्नुपर्छ,’ रिजालले भने, ‘अहिलेको समयमायुवालाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम सञ्चारमाध्यम नै हो ।’उनले युवाउद्यमीलाई विदेश जानआवश्यक छैन भन्ने स्थापित गर्न सरकारी नीतिबाटै सहजीकरण र प्रोत्साहन गर्न सञ्चारमाध्यमबाट दबाबसिर्जना गर्नुपर्ने जनाए ।सम्झौताअनुसार उद्योग परिसंघले युवाउद्यमीले गरेका उदाहरणीय कार्य, संघर्षका चरण, प्रगतिलगायतकाभावी पुस्तालाई सन्देश हुने सकारात्मक सन्देश नयन एड्भरटाईजिङ् प्रालिद्दारा सञ्चालनप्रदेश खबर डट कममार्फत प्रकाशन गरिनेछ । एड्भरटाइजिङका अध्यक्षतथाप्रदेशखबर डटकमका सम्पादकपवनअधिकारी र सस्थाकाअध्यक्ष रिजालबीचउक्त सहमतिपत्रमा हस्ताक्षर भएको छ ।अधिकारीले युवाउद्यमीहरूलाई सञ्चारमार्फत जोड्न पाउनु हर्षित भएको बताए । उनले देशमै सकारात्मक सोचसहितनयाँ र रचनात्मककाम गर्न चाहने युवाहरुलाई उक्त सम्झौता कोशेढुंगा साबित हुने दाबी गरे ।
प्रतिक्रिया