काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्दकार्यशालाशुक्रबारदेखि सुरु भएको छ । पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमाक्षमताअभिबृद्धि गर्नका लागिआयोजना गरिएको बन्दकार्यशाला पार्टी केन्द्रीयकार्यालय चःमति, वनस्थलीमासुरु भएको पार्टी सह–प्रवक्तामनिषझाले जानकारी दिए । पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीयपदाधिकारी, सदस्य र केन्द्रीयविभागका गरी ५० जना सहभागीरहेको झाले जानकारी दिए । साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमाक्षमताअभिबृद्धि गर्न सघन प्रशिक्षण र तथाबन्दकार्यशाला संचालन गर्ने निर्णय गरेको थियो । कार्यशालामाविचार, संगठन, मूल्य–मान्यता, संसदीयमामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लबतथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ । कार्यशालाशनिबार सम्पन्न हुन्छ ।
प्रतिक्रिया