काठमाडौं। द एकेडेमीअफ मोशनपिक्चर आर्टस् एन्ड साइन्सेस्ले ९७औँ एकेडेमी अवार्डस्(द अस्कर अवार्डस्) मा ‘विदेशीभाषीचलचित्र’विधामा नेपालीचलचित्रको लागिआवेदनखुलाइएको छ। मार्च २ तारिख आइतबारका दिनआयोजनाहुने उक्त अवार्डको प्रतियोगितामा नेपालीचलचित्रलाई सहभागीगराउन ‘विदेशीभाषीचलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएकासबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामाप्रतिस्पर्धीचलचित्रका रूपमासिफारिस गरी जानकारी गराउनद एकेडेमी अफ मोशनपिक्चरआर्टस् एन्ड साइन्सेसबाट अनुरोध पत्रप्राप्तभएकाले ९७औँ अस्कर अवार्डप्रतियोगितामा सामेल हुनचाहने सबै नेपालीचलचित्रनिर्देशक र निर्माताहरूलाईयस समितिको सचिवालयमादर्ता गराउनआह्वान गरिएको हो । ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा भागलिन नोभेम्बर १, २०२३ (२०८०कार्तिक १५) देखि सेप्टेम्बर ३०, २०२४ (२०८१ असोज १४) सम्म सार्वजनिकप्रदर्शन गरिएकाचलचित्रहरू योग्यहुनेछन् । २०२४ सेप्टेम्बर १२ तारिख अर्थात्मिति २०८१ भाद्र २७गते दिनको ५ बजेभित्र यस समितिको सचिवालयमादर्तागराउनु पर्नेछ । दरखास्तका साथमा सेन्सर गरिएको प्रमाणपत्र, हलमा रिलिजनभएर लाइसेन्स प्राप्तओटीटीमा रिलिजभएको हो भने सोको प्रमाणपत्र, ३५ एमएमवा७० एमएमकोभिडियो वा २४–४८ फ्रेममाप्याकेज गरिएको भिडियो, यसै गरी २०४८ देखि१०८० पिक्सेलसम्मप्रोजेक्टर रेजुल्युसनभएको भिडियो, ५.१ अथवा७.१ माउपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूकोनामावली (क्रेडिट टाइटल्स् सिनेमामा देखाइएको क्रममा), अंग्रेजीभाषामासबटाइटल, अंग्रेजीभाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश, निर्देशककोफिल्मोग्राफी र फोटो, सम्बन्धितचलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू, चलचित्र रिलिजहुँदाको एउटा पोस्टर चलचित्रप्रदर्शन गराउँदाउक्तचलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिकप्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमाछापिएका विज्ञापनका कटिङहरू लगायतकामाथिउल्लेखित सम्पूर्ण विवरणहरूकोडिजिटल कपीमा समेत उपलब्ध गराउनु पर्ने एकेडेमी अवार्डस् (द अस्कर), विदेशीभाषीचलचित्र छनोट समिति (नेपाल), काठमाडौंले सार्वजनिक गरेको सूचनामाउल्लेख गरिएको छ। ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्)को लागि‘विदेशीभाषीचलचित्र छनोटसमिति (नेपाल)’माफिल्ममेकर राजु केसी अध्यक्षतामापाँचजना सदस्यहरूछायाकार मञ्जु कुमार श्रेष्ठ, फिल्ममेकर तथाफोटोग्राफर गौतम धिमाल, पत्रकारतथा लेखक जीवन पराजुली, फिल्ममेकर तथाकलाकार टोपेन्द्र बिस्ट तथा सचिवप्रोडक्सन डिजाइनर ऋतिका भट्टराई रहेका छन। विदेशीभाषीचलचित्र छनोटसमितिकाअध्यक्ष सहित सदस्यहरूले छ वर्ष (लगातार वा सञ्चयी) सेवा गर्न सक्छन् । छ वर्षपछि पुनः समितिमा रहनको लागिअनिवार्य दुई वर्षको अन्तराललिनुपर्ने हुन्छ ।
प्रतिक्रिया