काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा सीके राउतबीच भेटवार्ता भएको छ ।
लामिछाने र राउतबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो ।
भेटपछि रास्वपाको फेसबुक पेजमा लेखिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता स् नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’ दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।