images

सार्वजनिक सेवाप्रशारण विधेयक छलफलको क्रममा छ : मन्त्रीशर्मा


काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले स्वतन्त्र र जनउत्तरदायी सार्वजनिकप्रशारण विकास गर्न सार्वजनिक सेवाप्रशारण विधेयकमाथिप्रतिनिधि सभामा छलफल भइरहेको बताएकी छिन् । 
मंगलबार रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव समारोहमाउनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकिकरण गरि थप स्वतन्त्र र जनउत्तरदायी सार्वजनिकप्रशारणनिर्माण गर्ने सरकारको नीति रहेको भन्दै यसको लागिसार्वजनिक सेवाप्रशारण विधेयकछलफलमा रहेको बताइन् । 
उनले भनिन्, ‘रेडियो नेपाललेप्रादेशिकप्रशारणको समयावधि बढाउनको लागिपनिध्यानदिनआवश्यक छ । आगामीदिनमारेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरि सार्वजनिकप्रशारण सेवाबनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिकप्रशारणउन्मुख समाचार, कार्यक्रम, उत्पादनतथाप्रशारणका लागितयारी गर्नुपर्ने आवश्यकता छ । सार्वजनिकप्रशारणको रुपमाविकास गर्न सार्वजनिक सेवाप्रशारण विधेयकमाथिप्रतिनिधि सभामा छलफल भईरहेको छ ।’
नेपाली समाजको रुपान्तरणका लागि महत्वपूर्ण संवैधानिक र कानूनीव्यवस्थाको पूर्ण कार्यान्वयनहुननसकेको भन्दै यसको लागिरेडियो नेपालसहितआम सञ्चार माध्यमहरुले अभियानको रुपमाकार्यक्रमउत्पादन र प्रशारणमा जोड दिनुपर्ने बताइन् । 

मङ्गलबार २० चैत २०८० ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया