images

एमेच्योर टेनिस प्रतियोगिता मण्डिखाटारमाशुरु 

काठमाडौं । मंगलबारबाट एमेच्योर टेनिस प्रतियोगिता शुरु भएको छ । 
मण्डिखाटार टेनिस क्लबको आयोजनामा शुरु भएकोएमेच्योर टेनिस प्रतियोगिता चैत्र २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न उमेर समुहका १ सय २७जना प्रगियोगिले सहभागिता जनाएका छन् ।
कार्यक्रममा टेनिसका पूर्वअध्यक्ष मनोज एसजेभि राणाले क्बले गराउने प्रतियोगिताले खेलाडीहरुलाई हौसला बढाउने धारणा राख्दै टेनिसलाई लोकप्रिय बनाउन क्लबका खेलाडीहरुको सहभागीता आवश्यक भएको धारणा राखे ।
उनले भने, ‘टेनिसलाई पपुलर बनाउन क्लब प्लेयरहरुको इन्भल्वमेन्ट एकदमै आवश्यक छ ।’पाँच दिन चल्ने प्रतियोगितामा अन्डर ३५, ४५,५५ र ६५ वर्षका चार उमेर समुहका खेलाडीले सहभागीता जनाउने छन् । 
अन्डर ३५ वर्ष उमेर समुहमा प्रथम हुने एकल विजेताले २५ हजार,दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार परस्कार पाउने छन् । अन्डर ४५ वर्ष उमेर समुहतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार, अन्डर ५५ वर्ष उमेरसमुहमा पनि प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउने छन् । उल्लेखित पुरस्कार एकल टेनिसतर्फ हो । 
यस्तै, ३५ वर्ष उमेर समुहमा दुई जना खेलाडीतर्फ भने प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

मङ्गलबार २० चैत २०८० ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया