काठमाडौं । नेपाल ओलम्पिक कमिटिमा आवद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेस्नल स्पोर्ट् एसोसिएसन्द्धारा विभिन्न मागसहित पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा आइतबार खेल संघहरुका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरुले उक्त ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरूसंगको छलफल र परामर्शमा यथाशिघ्र घोषणा गरिनुपर्ने, खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परीक्षण, खेलाडीहरूको खानपीन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझाव सहित अघि वढाइनुपर्ने माग गर्दै उक्त ज्ञापन पत्र बुझाएका छन् । सभापति देउवाले उक्त मागहरुलाई सकारात्मक रुपमा लिनु भई सम्बन्धित निकायमा आवश्यक निर्देशन दिने बताए ।
प्रतिक्रिया