काठमाडौ ं। राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरीहालै गएको बाढीपहिरोबाट प्रभावित परिवारलाई दिनेराहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले भने,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नेपाल सरकारले सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन गर्दछ ।’
प्रतिक्रिया