images

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दै छ । 
संघीय संसद सचिवालयकाअनुसार आजशिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथाउपभोक्ताहित समिति, सार्वजनिकनीतितथाप्रत्यायोजितविधायन समिति र विकास, आर्थिक मामिलातथा सुशासन समितिको बैठक बस्दैछ 
शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिको बैठकमा प्राविधिकशिक्षालय संचालनकालागि सम्बन्धन स्वीकृती सम्बन्धमा परेको उजुरीकाविषयमा सम्बन्धितमन्त्रालय, चिकित्साशिक्षाआयोग र प्राविधिकशिक्षातथाव्यवसायिकतालिम परिषदसँग छलफल गर्ने कार्यसूचीरहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । उक्त बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । 
त्यस्तै, उद्योगतथा वाणिज्य र श्रम तथाउपभोक्ताहित समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विद्युतीयव्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुँदै छ । 
त्यसैगरी, विकास, आर्थिक मामिलातथा सुशासन समितिको बैठकमा  लोकतान्त्रिकशासनव्यवस्थाको सुदृढीकरणका लागिअनिवार्य शर्त रहेको ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 
दिउँसो १ बजेका लागिबोलाइएको सार्वजनिकनीतितथाप्रत्यायोजितविधायन समितिको बैठकमा राष्ट्रियसभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग संकल्प प्रस्ताव सम्बन्धमा छलफल हुने कार्यसूची छ । 
 

बिहीबार १७ साउन २०८१ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया