नेपाल र भारतबिच सात सम्झौतामा हस्ताक्षर, के-के भयो समझदारी ?

काठमाडौँ - नेपाल र भारतबिच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो । 

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएका हुन् ।

दुई देशबिच तल्लो अरुण, सिलीगुड़ी–झापा पेट्रोलियम पाइपलाइन निर्माण, दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट क्रस बोर्डर पेमेन्टलगायतका समझदारीमा हस्ताक्षर भएको छ ।