images

प्रदेश सांसदको मोबाइलनम्बर गलत भएपछि....

हेटौंडा । मुख्यमन्त्रीशालिकरामजम्कट्टेलले विश्वासको मत लिनेदिनप्रदेशसभा सदस्यतथा संसादहरुको फोन नम्बरसहितको डायरी बाँडेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आक्रोश व्यक्त गरेको छ । डायरीमा राप्रपा पार्टीबाट प्रदेशसभा सदस्यबनेका राजेन्द्र प्रजापतिको नम्बर गल्ती पाइएपछि बागमतीप्रदेश सरकारविरुद्ध आक्रोश पोखेका हुन् । ‘माननीयभनेर सम्बोधन गरिएको छ । तर नम्बर अन्यव्यक्तिको नाममा रहेको पाइयो ।प्रदेश सरकार भनेको यस्तै हो ?ठगी खाने मात्रहो ?’ राप्रपाका एक नेताले भने यसैगरी ७७औं स्थानमा ९८५१०१९४४३ नम्बर हुनुपर्नेमा अन्यव्यक्तिको नम्बर उल्लेख गरेर डायरी बाँडेपछि प्रदेशसभा सदस्यप्रजापतिले नम्बर समेत गलत लेख्नेले कसरी प्रदेश सरकार सम्हाल्न सक्लाभन्दै प्रश्न समेत गरे । यसैगरी राप्रपाकै अर्का संसाद सुनिल केसीले हिजोदेखि आजसम्म घटनाक्रमलाई हेर्दा जनताको हकहितकालागिप्रदेश सरकारले केहीनगरेको उल्लेख गर्दै राप्रपाले प्रदेश सरकारलाई विश्वासको मत दिनु उचित नरहेको जानकारी दिए । 
 

सोमबार १९ चैत २०८० ०७:४७ PM मा प्रकाशित

प्रतिक्रिया