जजीराले २५ फागुनदेखि गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने

काठमाडौँ - कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा २५ फागुनदेखि पुनः उडान सुरू गर्ने भएको छ। जजीरा एयरवेजले फागुन २५ २०७९ गतेदेखि भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान भर्नेछ।